कैलालीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

धनगढी: कैलालीमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का ४८ वर्षीय पुनाराम चौधरी रहेको प्रहरीले बताएको छ।

कैलालीको गोदावरी नगरपालिका-३ मालाखेती रेडियण्ट ग्याँस कम्पनिको जमिनमा रोपाईँ गर्न आएका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.