सुदूरपश्चिमका अर्थ मन्त्रीको पालिकामा मन्दिर बनाउनै ४ करोड ४२ लाख बजेट

धनगढीः सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री प्रकाश रावलले योजना छनौटमा बदमासी गरेको पाइएको छ। सुदूरपश्चिम सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौ मन्दिरका योजना पठाएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको सामाजिक विकास कार्यालय कञ्चनपुरमार्फत कार्यान्वयन हुने दर्जनौ मन्दिरका योजना उनको निर्वाचन क्षेत्रमा परेका छन्।

भीमदत्त नगरपालिकाका वडा नम्बर २, ४, ५, ६, १५, १८ र १९ तथा वेदकोट नगरपालिकाको वडा नम्बर ८ उनको निर्वाचन क्षेत्र हो। उनको निर्वाचन क्षेत्रमा ५ देखि २० लाख सम्मका योजना मन्दिर निर्माणमा छन्। चार करोड ४२ लाख बढी योजना प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको सामाजिक विकास कार्यालय कञ्चनपुरमार्फत कार्यान्वयन हुनेगरि बजेट विनियोजन गरिएको हो। उनले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ को शिवमन्दिरमा गौरा घर निर्माणका लागि १५ लाख, भीमदत्त–४ को शिद्धबाबा मन्दिर निर्माणमा १५ लाख, भीमदत्त–१२ मा सन्त निरंकारी सामुदायिक भवन निर्माणमा १५ लाख, भीमदत्त–९ को दोगाड भूमिराज गौरा मन्दिरका लागि ७ लाख, भीमदत्त–३ शान्तिटोलमा गोरी महेश्वर मन्दिरको पूर्वाधार निर्माणमा १० लाख, भीमदत्त–३ को विश्वकर्म मन्दिर पूर्वाधारका लागि १० लाख, भीमदत्त–७ गौरी महेश्वर मनिदरको पूर्वाधारका लागि १५ लाख, भीमदत्त–१५ को सत्यवादी टोलको गौरादेवी मन्दिर निर्माणका लागि १० लाख विनियोजन गरेका छन्।

उनको निर्वाचन क्षेत्र रहेको भीमदत्त–८ को हुनैनाथ गौरा घर मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–९ जगतनाथ मन्दिर पूर्वाधार निर्माणमा १५ लाख, भीमदत्त–३ को गौरा भवानी मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–३ को विश्वकर्मा मन्दिर भजन मण्डली भवन निर्माणका लागि १० लाख, भीमदत्त–९ को दोगडा भूमिराज गौरा मन्दिर निर्माणका लागि १२ लाख, भीमदत्त–९ को नौ गाउँफाटा गौरादेवी मन्दिर निर्माणमा १५ लाख, भीमदत्त–९ कै शिवटोलको शिद्धवैजनाथ मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–९ कै कालिका मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–२ को थुनुवा मन्दिर निर्माणका लागि ८ लाख, भीमदत्त–९ को प्राचिन वैजनात मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–८ को तिलाचौर गौरादेवी मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–३ को विष्णु मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–१२ को वैजनाथ मन्दिरको प्रखाल निर्माणका लागि ५ लाख, भीमदत्त १० को डाडाबाघ मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–१० कै हुनशिखर मन्दिर निर्माणका लागि १० लाख विनियोजन गरिएको छ।

भीमदत्त–७ को वैजनाथ उदयदेव मन्दिर निर्माणमा १० लाख, भीमदत्त–८ मा गौरीादेवी मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–३ को निमौन मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–१० डाडबाघ निर्माणमा ५ लाख, भीमदत्त–७ को पशुपति टोलमा मन्दिर निर्माणमा १० लाख, भीमदत्त–२ को प्रगति टोलमा रहेको शिव मन्दिर पर्खाल निर्माणमा १० लाख, भीमदत्त–२ को पार्की टोलमा रहेको बैजनाथ मन्दिर निर्माणमा १० लाख, भीमदत्त–१९ को थुनुवा मन्दिर निर्माणमा १० लाख, भीमदत्त–५ को मष्टा मन्दिर निर्माणमा १० लाख, भीमदत्त–८ को हुनैनाथ मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–३ को विष्णु मन्दिर निर्माणमा २० लाख, भीमदत्त–१ को वैजनाथ मन्दिर निर्माणमा २० लाख, भीमदत्त–४ को कृष्ण मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–१ को वैजनाथ मन्दिर निर्माणमा १० लाख, भीमदत्त–१५ को सत्या आदर्श टोलको गोरादेवी मन्दिरका लागि १० लाख विनियोजन गरिएको छ।

अर्थमन्त्री रावलको निर्वाचन क्षेत्रमा रहेको वेदकोट नगरपालिका वडा नम्बर ८ मा पनि मन्दिर निर्माणका लागि बजेट विनियोजन गरिएको छ। वेदकोट नगरपालिका वडा नम्बर ८ का थुनुवा मन्दिर र कफलासैनी मन्दिर निर्माणका लागि ८÷८ लाख बजेट विनियोज गरेका हुन्।

Leave A Reply

Your email address will not be published.