कैलालीमा सेप्टीट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

धनगढी: कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ। मंगलबार साँझ खेल्ने क्रममा सेप्टीट्याङ्कीमा खसेर लम्की चुहा नगरपालिका–४ कौवापुरका शङ्कर माझीकी दुई वर्षीया छोरी बिपनाको मृत्यु भएको हो।

७ः१० सेप्टीट्याङ्कीमा फेला परेकी उनलाई अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको मृतक बालिकाकी आमा पवित्रा माझीले बताइन्। सेप्टीट्याङ्कीको सडक पट्टीको भागमा सानो प्वाल परेकोमा बिपना त्यसैबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.