धनगढी उपमहानगरमा ’पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गरिने

धनगढी : धनगढी उपमहानगरपालिकाले ’पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ। मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार नगर क्षेत्र भित्रका सडक लगायतका पूर्वाधारको नियमित रुपमा मर्मत–सम्भार तथा स्तरोन्नतिका लागि मर्मत सम्भार इकाइको गठन गर्दै पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने भएको हो।

नीति तथा कार्यक्रमको सहर िपूर्वाधार विकास तथा यातायात व्यवस्थापन कार्यनीतिमा पूर्वाधार एम्बुलेन्स सञ्चालनको योजना अटाएको हो। यस्तै क्रमागत योनालाई प्राथमिकतामा राखेर कार्यान्वयनमा लैजाने पनि नीति तथा योजनामा उल्लेख छ।

Leave A Reply

Your email address will not be published.