धनगढी रंगशालामा कराते प्रशिक्षण हलको शिलान्यास

धनगढी: धनगढी रंगशालामा कराते प्रशिक्षण हलको शिलान्यास गरिएको छ। सोमबार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त शिक्षण हलको शिलान्यास गरेका हुन्।

एकपटकमा सय जना खेलाडीहरुलाई प्रशिक्षण गराउन सकिने क्षमताको सो हल निर्माण गरिन लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीले बताएका छन्। राष्ट्रिय खेलकूद परिषदको स्वीकृति एवं सामाजिक विकास कार्यालयको ३० लाख बजेटमा उक्त हल निर्माण भइरहेको उनले बताए।

शिलान्यास कार्यक्रममा राज्यमन्त्री रैकाले खेलकुदको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.