डडेल्धुरामा ट्रयाक्टर दुर्घटना

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ।

डडेल्धुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराती करिब साढे ११ बजे सडकबाट खसेको थियो।

दुर्घटनास्थल वरीपरि खोजि गर्दा टयाक्टरको अगाडीको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको डडेल्धुरा प्रहरीले जनाएको छ। चालक फेला नपरेको र उनी फरार रहेको आशंकामा खोजी कार्य जारी छ।

Leave A Reply

Your email address will not be published.