धनगढीमा खोलानालाको अतिक्रमण हटाउन थालियो

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले खोलानालामाथि भएको अतिक्रमण हटाउन सुरु गरेको छ। धनगढी डुबानको मुख्य कारण खोलानाला अतिक्रमण नै भएकाले अतिक्रमित क्षेत्र खाली गर्न थालिएको हो।

उपमहानगरपालिकाका मेयर गोपाल हमालले खोलानालामाथि भएको अतिक्रमण नहटाउदासम्म धनगढी डुबानको समस्या समाधान नहुने भएकाले आजदेखि अतिक्रमित क्षेत्र खाली गर्न थालिएको बताए।

‘धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरस्थित बालबिहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य प्रारम्भ भएको छ,’ मेयर हमालले भने, ‘सम्पूर्ण धनगढीवासीमा खोलानाला अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिन अपिल गर्दछु।’

खोलानालामाथि भएको अतिक्रमणले धनगढी उपमहानगर क्षणभरको वर्षामै डुबान हुने गरेको छ। धनगढीको कैलाली खोला सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको छ।

Leave A Reply

Your email address will not be published.