कैलालीमा अटो पल्टिँदा तीन जना घाइते

धनगढी: कैलालीमा अटो पल्टिँदा तीन जना घाइते भएका छन्। गोदावरी नगरपालिका-५ गेटा वन कार्यालय नजिक धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ५०४५ नम्बरको अटो सोमबार बिहान पल्टिएको प्रहरीले बताएको छ।

अटो आफै अनियन्त्रित भई पल्टिएको बताइएको छ। अटो पल्टिँदा चालक गोदावरी-५ बस्ने २८ वर्षीय तिलक पन्त, अटोमा सवार कञ्चनपुको कृष्णपुर नगरपालिका-९ की ३० वर्षीया दुर्गेश्वरी ऐडी र सोही ठाउँकी ३२ वर्षीया उजेलादेवी मण्डेल घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घाइते तीनै जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको र अवस्था सामान्य रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। अटो प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.