बैतडीको सुर्नया पूर्ण खोप सुनिश्चित पालिका घोषणा

धनगढी: बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार राष्ट्रिय खोप तालिका अनुसार २ वर्ष मुनिका बालबालिकाहरुले पाउने सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

गाउँपालिकाभरी जन्मेदेखि १५ महिना सम्मका ५०२ र १६ देखि २३ महिना सम्मका ३३३ बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाइसकेको महराले बताए। उनले बैतडी २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भईसकेको र त्यसको निरन्तरताका लागि प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको बताए। जन्मेदेखि २ वर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न रोगविरुद्ध १२ प्रकारका खोप दिने गरिएको छ।

Leave A Reply

Your email address will not be published.