कैलालीमा हावाहुरीले घरको टिन उडाउँदा एक बालिका घाइते

धनगढी: कैलालीमा शनिबार साँझ आएको हावाहुरीले घरको छानामा लगाएको टिन उडाउँदा चोट लागेर एक बालिका घाइते भएकी छिन्।

प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका-९ भगवानपुरका जगत भुलको घरको छानामा लगाएको टिन हावाहुरीले उडाउने क्रममा उनकी १४ वर्षीया छोरी सावित्री भुललाई चोट लागेको हो। सावित्रीलाई उपचारका लागि माया मेट्रो अस्पताल धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.