कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवरको अग्रता कायमै, कसको कति मत ?

धनगढीः कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ७ सय मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवरले अग्रता कायम राखेका छन्। उनले ४१५ मत पाएका छन्।

उनका प्रतिस्पर्धी सुरेन्द्र राठी २४६ मतका साथ उनलाई पछ्याइ रहेका छन्। वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ३८० मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले २७८ मत ल्याएका छन्।

उद्योग उपाध्यक्षमा दिनेश लम्साल ३९४, उनका प्रतिस्पर्धी घनश्याम चौधरीले २३३, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवालले ३४०, प्रकाशचन्द्र भट्टले २८१, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्तले ३३८, केशवदत्त पाण्डेयले २७३, महासचिवमा ओमबहादुर विष्टले ३२२, सिद्धराज पनेरु ३१६, कोषाध्यक्षमा भीमराज ओझा अब्बुले ४३८, रंजनकुमार शर्माले १९५ र सचिवमा सुरेश पाण्डेयले २५५, महेन्द्रकुमार सिंहले २१५ र जयराज न्यौपानेले १३९ मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।

Leave A Reply

Your email address will not be published.