धनगढीमा एकैरात ८ पसलमा चोरी

धनगढी: धनगढी उपमहानगरपालिकाका ८ पसलमा चोरी भएको छ। बिहीबार राति उपमहानगर-४ स्थित सहिदगेट-क्याम्पस रोड सडकमा रहेका पसलहरुमा चोरी भएको हो।

भट्ट होटेल एण्ड फास्ट फूड, गंगा इम्पेक्स, रियांश स्टिकर, केके ट्रेड, एस फोर स्टिकर हाउसलगायतका पसलबाट चोरी भएको गंगा इम्पेक्सका इन्द्र भट्टले बताए।

भट्ट होटेलका सञ्चालक चेतराज भट्टका अनुसार उनको होटेलबाट करिब ३० हजार नगद चोरी भएको छ। प्रहरीबाट चोरीको यकिन विवरण आउन भने बाँकी छ।

Leave A Reply

Your email address will not be published.