डडेल्धुराबाट सांसद बनेकी जैरुको प्रश्नः वन व्यवस्थापन तथा संरक्षणका लागि बजेट व्यवस्था किन गरिएन ?

धनगढी: डडेल्धुराबाट सांसद बनेकी निरादेवी जैरुले नेपालमा वार्षिक १० वर्षको काठ आयात गर्नुपर्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जैरुले वन व्यवस्थापनमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताइन्।

‘एक वर्षमा मात्र १० अर्बको काठ नेपाल आयात भएको छ । नेपाल जस्तो ठाउँमा पनि किन बाहिरबाट काठ ल्याउनुपर्ने अवस्था आयो ? वन व्यवस्थापन र जडिबुटी खेती तथा संरक्षणका लागि बजेट व्यवस्था किन गरिएन ?’ उनले भनिन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम हवाई उडान, मन्दिर र गुम्बा संरक्षणमा मात्र केन्द्रीत भएको बताउँदै उनले अन्य क्षेत्रमा बजेट विनियोजन नगरेको आरोप लगाइन्।

Leave A Reply

Your email address will not be published.