बूढीगंगाको मतगणना गर्ने कि पुनः मतदान गर्ने निर्णय आयोगले गर्ने हो : गृहमन्त्री खाँण

धनगढी: गृहमन्त्री बालकृष्ण खाँणले बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने निर्णय निर्वाचन आयोगले गर्ने बताएका छन्। मंगलबार संसदमा उक्त निर्णयको विषय सरकारको नभएको बताउँदै उनले आयोगले गर्ने निर्णयमा सहयोग गर्ने दायित्व सरकारको भएको बताएका हुन्।

“त्यसको मतणना गर्ने कि त्यहाँ पुनः मतदान गर्ने सरकारले भन्दा पनि निर्वाचन आयोगले नै निर्णय गर्ने हो। निर्वाचन आयोगले गर्ने निर्णयमा सहयोग पुर्याउनु हाम्रो दायित्व हो,” उनले भने। गृहमन्त्री खाँणले निर्वाचनका लागि त्यहाँ नयाँ टिम पठाइएको पनि बताए। बूढीगंगामा पुनः निर्वाचनका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ भने प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँ पठाइएको छ।

Leave A Reply

Your email address will not be published.