रुपन्देही बस दुर्घटना : मृतक ५ जनाको सनाखत

काठमाडौं: रुपन्देहीमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ५ जनाको सनाखत भएको छ। मृत्यु हनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहटका २० वर्षीय दिनेश दास, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेलले बताए।

त्यस्तै, मृत्यु हुनेमा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्मा पनि रहेका प्रहरीले पुष्टि गरेको छ। जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रुपन्देहीको रोहिणी खोलाको पुलबाट खसेको थियो। मृतक अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।

Leave A Reply

Your email address will not be published.