नेपाल प्रवेश गर्दै मनसुन

काठमाडौं: आइतबार बिहानैदेखि गण्डकी प्रदेशसहितका केही प्रदेशका थोरै ठाउँमा वर्षासमेत भइरहेको छ। स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावको कारण अहिले प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदलीको अवस्था रहेको महाशाखाका मौसमविद् हिरा भट्टराईले बताइन्।

विगत केही दिनदेखि देशका धेरैजसो भूभागमा राम्रोसँग घाम लागेको छैन। यसले दुईतीन दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने सम्भावना देखाएको भट्टराईले बताए। उनका अनुसार १० जुन (२७ जेठ) अघि नै नेपालमा मनसुन प्रवेश गर्ने सम्भावना बढेर गएको छ।

Leave A Reply

Your email address will not be published.