कैलालीको एक पसलमा आगलागी, साढे दुई लाखको क्षति

धनगढी: कैलालीको एक पसलमा आगलागी भएको छ। प्रहरीका अनुसार शनिबार राति १० बजे जिल्लाको कैलारी गाउँपालिका-१ रानामुडाका हरिप्रसाद चौधरीको किराना तथा साइकल मर्मत पसलमा आगलागी भएको हो।

अचानक बिजुलीको तार सर्ट भई आगलागी भएको बताइएको छ। पसलमा रहेका किराना समानहरु, साइकलका टायर र ट्युबहरु पूर्णरुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीबाट दुई लाख पचास हजार बराबरको क्षति भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। आगलागी राति नै नियन्त्रणमा लिइएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.