विमान दुर्घटना अपडेटः मुस्ताङका सिडिओ भन्छन्- १६ वटा शव भेटियो, अरुको खोजी जारी छ

कैलाली । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । विमानमा सवार अरुहरुको खोजी भइरहेको उनले बताए ।

हिजो बिहानदेखि हराएको विमान आज बिहान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको थियो ।

यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनाग्रस्त विमान फेला पारेका थिए । अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली दुर्घटनास्थल पुगेर उद्दार एवम् खोजी कार्य गरिरहेको छ ।

विमानमा धनुषाका एकै परिवारका सातजना सवार भएको पुष्टि भइसकेको छ । विमानमा १९ जना सवार थिए ।

Leave A Reply

Your email address will not be published.