धनगढीका २ जना सवार थिए दुर्घटनामा परेको जहाजमा

धनगढी : तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं लगिने भएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो।

अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन्। उक्त विमानमा धनगढीका दुई जना पनि सवार रहेको पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारीका पुरुषोत्तम गोले र उनकी श्रीमती इन्द्रदेवी तामाङ विमानमा सवार रहेको पुष्टि भएको हो।

उनीहरु गलैचा उद्योग सञ्चालन गरी काठमाडौं बस्दै आएका थिए। उनीहरुको पुर्खेउली घर भने धनुषा हो।

Leave A Reply

Your email address will not be published.