धनगढीको राजपुरबाट लागूऔषधसहित किशोर पक्राउ

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। मंगलबार साँझ उपमहानगरपालिका–१३ राजपुरबाट गोदावरी नगरपालिका–५ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्।

उनको साथबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.