लैङ्गिक उत्तरदायी बजेट पद्धतिबारे अन्तरक्रिया

डडेल्धुराका बिभिन्न स्थानीय तहको संवैधानिक ब्यवस्था अनुरुप स्थानीय तहमा महिला सहभागिता सुनिश्चित गरिएको भएपनि निर्णायक र सार्थक सहभागिता हुन नसक्दा महिला र सिमान्तकृत समुदायका पक्षमा काम गर्न नसकेको दुखेसो समुहका महिलाहरुले पोखेका छन ।

दलित महिला संघ डडेल्धुराले बिहीबार सदरमुकाममा आयोजना गरेको लैगिंक उत्तरदायी बजेट विषयक अन्तरकृयामा सहभागी समुहका महिलाहरुले अझै पनि महिलाहरुको सार्थक र निर्णायक सहभागिता बिना लैगिंक उत्तरदायी बजेट कार्यान्वयन भईरहेको जिकिर गरे ।

कार्यक्रमका सहभागि महिलाहरुले स्थानीय तहमा बजेट तर्जुमा समितिको नेतृत्व उपप्रमुख या उपाध्यक्षले गरिरहेको भए पनि हालसम्म लैगिंक उत्तरदायी बजेट आउन नसकेको दाबी गरे । उनिहरुले स्थानीय तहले ल्याउने बजेट अझै वैधानिक र ब्यबहारिक बन्न नसकेको बताए । महिलाहरुका समस्या र सरोकारका विषयहरु सम्बोधन नगरेकोे गुनासो गर्दै अब आफुहरुले अधिकारका लागि संघर्ष गर्ने बेला आएको बताए ।

स्थानीय तहमा बजेट तर्जुमा प्रकृयालाई प्रभावकारी बनाउन सकिएमात्रै लैगिंक उत्तरदायी बजेट पद्धती ब्यबहारिक रुपमा कार्यान्वयनमा आउने जिकिर गर्दै सुनिता ताम्राकारले महिलाहरुको सार्थक सहभागिता बिना मुलुकको विकास र समृद्धी असम्भव भएको बताए ।

उनले बिभिन्न क्षेत्रमा महिलाहरुले बिभिन्न चुनौतीको सामना गर्नुपरिरहेको बताउदै सबै महिलाहरुले आफ्नोे हकहित संरक्षणका लागि एकरुपता भएर लाग्नु पर्ने बताए ।

स्थानीय निकाय तथा अन्य सरोकारवालाहरूले निर्माण गर्ने योजना तथा बजेटमा लैङ्गिक सम्वेदनशीलताको विश्लेषण, लैङ्गिक समानता र सशक्तिकरणका विविध पक्षहरुको पहिचानका साथै सम्बोधनका लागि प्रारम्भदेखि नै योजना बनाएर काम गर्नु आवश्यक रहेको सहभागिहरुको भनाई थियो ।

‘विकासको अवरोध जातिय तथा लैङ्किक विभेद, नेपालमा सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता पेभ परियोजना’ अन्र्तगत दलित महिला संघ फेडो डडेल्धुराले कार्यक्रमको आयोजना गरेको हो ।

Leave A Reply

Your email address will not be published.