जनप्रतिनिधि महिलाहरुका लागि नेतृत्व क्षमता विकास सम्बन्धि तालिम सम्पन्न

डडेल्धुरामा जनप्रतिनिधि महिलाहरुका लागि नेतृत्व क्षमता विकास सम्बन्धि तालिम सम्पन्न भएको छ। चैत्र ७ गतेदेखी ८गतेसम्म जिल्ला सदरमुकाममा दुई दिने क्षमता विकास सम्बन्धि तालिम सम्पन्न भएको हो।

‘विकासको अवरोध जातिय तथा लैङ्कि विभेद, नेपालमा सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता पेभ परियोजना’ अन्र्तगत दलित महिला संघ फेडो डडेल्धुराले कार्यक्रमको आयोजना गरेको दलित महिला संघ फेडो डडेल्धुराका कार्यक्रम संयोजक सुनीता गैरेले बताईन ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै महिलाहरुलाई राजनितिमा अघि बढाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिईन । कार्यक्रममा अमरगढी नगरपालिका र नवदुर्गाा गाउँपालिकाका जनप्रतिनिधि महिलाहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.