नासाको प्रतिक्षित चन्द्रयान बिहीबार सार्वजनिक हुने

काठमाडौं 

नासाको पहिलो विशाल अन्तरिक्ष प्रक्षेपण रकेट पहिलो पटक घोषणा भएको १२ वर्षपछि आगामी बिहीबार सार्वजनिक हुने भएको छ।

अति गह्रुङ्गो रकेट र ओरायन अन्तरिक्षयानलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा रहेको प्रक्षेपणस्थलमा बिहीबार लगिनेछ।

महंगी तथा अन्य प्राविधिक कारणले थुप्रै पटक स्थगित भएको यो परियोजना सफल हुनुलाई निकै महत्वका साथ हेरिएको टेकक्रन्चले उल्लेख गरेको छ।

११ घण्टा लगाएर बिहीबार प्रक्षेपणस्थलमा पुर्याइएपछि नासाले प्रक्षेपणका लागि तयार भए नभएको हेर्न सफ्टवेयर सिस्टम भ्यालिडेशन तथा बूस्टरको सर्भिसिङलगायत केही परीक्षणहरु गर्नेछ।

त्यसपछि नासाले वेट ड्रेस रिहर्सल नामको परीक्षण शुरु गर्छ जसमा उक्त सिस्टममा प्रोपेलर ट्याङ्क पनि जोडिएको हुन्छ। आर्टेमिज प्रक्षेपणका निर्देशक चार्ली ब्ल्याकवेल-थम्सनले सबै कुरा योजनामुताबिक भएमा वेट ड्रेस रिहर्सल आगामी अप्रिल ३ मा हुनसक्ने सोमबार बताएका छन्।

यो परियोजना पूरा हुन निकै समय लागेको छ। कंग्रेसले नासालाई स्पेस शटललाई विस्थापित गर्न एसएलएस विकासका लागि आग्रह गरेको थियो। एसएलएसले नासाको आर्टेमिज प्रोग्राम अन्तर्गत मानिसलाई चन्द्रमामा र सम्भव भए अझ पर सौर्यमण्डलसम्म पुर्याउने अपेक्षा गरिएको टेकक्रन्चले लेखेको छ।

Leave A Reply

Your email address will not be published.