नवजीवन सहकारीको अध्यक्षमा बम विजयी

धनगढी : कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाबाट अध्यक्षमा देव बहादुर बम विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार रतनबहादुर कठायतलाई पराजित गर्दै बम विजयी भएका हुन्।

नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा कुल खसेको १७ हजार ८० मत मध्ये बमले ८ हजार ३९१ मत पाए। कठायतले ७ हजार ८३ मत पाए। यस्तै उपाध्यक्षमा चेतराज ओझा निर्वाचित भएका छन्। सदस्यहरूमा इन्दिरा जैशी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, महेशराज बिष्ट, घनबहादुर शाह विजयी भएका छन्।

यस्तै उपेन्द्र बिष्ट, शिवकुमार जोशी, गणेश बम, जयराज जोशी, विश्वनाथ ओझा पनि सदस्यमा विजयी भएका छन् । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा चेतराज जोशी, सदस्यमा गणेश प्रसाद उपाध्याय र लक्ष्मीराज पन्त निर्वाचित भएका छन् ।

Leave A Reply

Your email address will not be published.