डडेल्धुरामा ६१ प्रतिशतले कोरोनाको पूर्ण खोप लगाए

डडेल्धुराको कुल जनसंख्या मध्ये ६१ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन । राष्ट्रिय जनगणना २०६८ अनुसार डडेल्धुरामा १२ वर्ष र सो भन्दा माथिको कुल जनसंख्या १ लाख २३ हजार ३ सय ९५ छ ।

यो जनसंख्या मध्ये ५८ दशमलव १ प्रतिशतलाई पहिलो मात्रा खोप दिईएको छ भने दोस्रो मात्रा अर्थात पूर्ण खोप पाउनेको संख्या ६१ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय डडेल्धुरा स्वास्थ्य निरिक्षक बिमला ज्ञावलीले बताईन ।

१८ वर्ष भन्दा माथिको जम्मा जनसंख्यामा खोपको पहिलो मात्रा पाउनेको संख्या ५६ दशमलव २ र दोस्रो मात्रा लगाउनेको संख्या ७० दशमलव ४ रहेको छ । ६५ वर्ष माथिका जोखिममा रहेकाहरुलाई दिईएको खोपको मात्रा ८ दशमलव ९ प्रतिशत छ ।

१२ देखि १७ वर्ष उमेर समुहको जम्मा जनसंख्या १८ हजार १ सय ४ मध्ये हालसम्म ६९ प्रतिशतलाई खोपको पहिलो मात्र दिईएको छ भने ६ दशमलव ८३ लाई दोस्रो मात्रा दिईएको छ ।

सात वटा स्थानिय तह रहेको डडेल्धुरामा प्रत्येक स्थानिय तहको कार्यालयमा रहेका स्वास्थ्य शाखाहरुबाट नियमित रुपमा खोप दिईदै छ ।

Leave A Reply

Your email address will not be published.