सुदूरपश्चिममा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुन सक्ने ।

धनगढी : हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक/दुई स्थानहरूमा हल्का वर्षा भएको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।

बुधबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

विज्ञापन

बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको साथै उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै उक्त प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

Leave A Reply

Your email address will not be published.