एक लाखमा होन्डा सिबीआर १००० आर जस्तै देखिने इलेक्ट्रीक मोटरसाइकल

एजेन्सी । टोर्क मोटर्सले भारतमा उत्पादन गरेको ‘क्राटोस’ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक भएको छ । कम्पनीले यसअघि कन्सेप्टको रुपमा देखाएको टी ६ एक्समा आधारित ‘क्राटोस’ सार्वजनिक गरेको हो । टोर्क मोटरले ६ वर्ष अघि यसको कन्सेप्ट देखाएर उत्पादनमा जुटेको थियो । यसअघि कम्पनीले देखाएको कन्सेप्टको तुलनामा उत्पादन मोडलमा थुप्रै फरक देखिएको छ ।

टोर्क क्राटोस झट्ट हेर्दा २००८ मोडल होन्डा सीबीआर १००० आरको झल्को दिन सक्षम छ। त्रिकोणाकार हेडल्याम्प कौल र एलइडी लाइट, सार्प लुकिङ ट्याङक, स्पील्ड पिलियन ग्रयावरेल, सार्प टेल सेक्सन, स्पील्ट सिट सेटअप जस्ता फिचर निकै आकर्षक छन् । यसमा राइडिङ कम्र्फटका लागि अग्लो सिंगल पिस ह्याण्डलबार र सेन्टरमा फुटपेग दिइएको छ । त्यस्तै यसको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र रियरमा मोनोशक सस्पेन्सन छ ।

यसको दुबैतर्फ डिस्क ब्रेक, १७ इन्चको अलोय ह्वील, फुल डिजिटल कन्सोल, टीएफटी डिस्प्ले, स्मार्ट फोन कनेक्टिभीटी, नेभिगेशन, चार्ज स्टाटस, राइड स्टाटस, क्र्यास अर्लट जस्ता फिचर यसमा पाउन सकिन्छ। टोर्क क्राटोसमा ७.५ किलोवाटको पिक मोटर रहेको छ भने ४ किलोवाटको ब्याट्री प्याक रहेको छ । यो ब्याट्रीले एक पटकको फुल चार्जमा १८० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

कम्पनीका अनुसार यो ब्याट्री ०-८० प्रतिशत चार्ज गर्न मात्र एकघन्टा मात्र लाग्छ । कम्पनीले क्राटोस इलेक्ट्रीक स्कुटरलाई दुई भेरियन्टमा सार्वजनिक गरेको छ । क्राटोस टप भेरियन्टमा भने ९ किलोवाटको मोटर जडान भएको छ । टोर्क मोटर्सले क्राटोस स्याण्डर्ड भेरियन्टको मूल्य १ लाख २ हजार ४९९ र क्राटोस आरको मूल्य १ लाख १७ हजार ४९९ भारतीय रुपैयाँ निर्धारण गरेको छ । मेरो अटोबाट साभार

Leave A Reply

Your email address will not be published.