नेपालको जनसंख्या वृद्धिदर घट्यो

काठमाडौँ, १२ माघ । तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो ।

यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । जसमध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो । यो वर्षको जनगणनाबाट २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको पाइएको छ । यो, अघिल्लो जनगणनाको तुलनामा जम्मा २७ लाख वृद्धि हो । यसलाई प्रतिशतमा गणना गर्दा ०.९३ प्रतिशत हुन आउँछ ।

२०६८ सालको जनगणनामा वृद्धिदर १।३५ प्रतिशत थियो । विसं १९९८ को जनगनणायता पहिलो पटक नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम कायम भएको विभागले जनाएको छ । विभागले तथ्यांक सार्वजनिक गर्नेक्रममा प्रक्षेपणअनुसार जनसंख्या वृद्धि नभएको पाइएको बताएको छ ।

Leave A Reply

Your email address will not be published.