डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने मन्त्रिपरिषद्को सैद्धान्तिक निर्णय

डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्नका लागि मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सोमबार बसेकोे मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो।

चिकित्सा शिक्षा सुधारको आन्दोलनमा लागेका डा. गोविन्द केसीको माग बमोजिम सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न लागेको जनाइएको छ । डा. केसी सबै प्रदेशमा मेडिकल कलेज स्थापना लगायतका माग राखेर लामो समय देखि आन्दोलनरत छन्।

यस अघि सरकारको एक टोलीले डडेल्धुरा अस्पतालमा मेडिकल स्थापनाका लागी अध्ययन समेत गरेको थियो । डडेल्धुरामा मेडिकल कलेज कि स्वास्थ्य प्रतिष्ठान भन्ने बिषयले अहिले चर्चा पाईरहेको छ । पहिले मेडिकल कलेजको स्थापनाका लागी पहल थालिए पनि अहिले स्वास्थ्य क्षेत्रका जानकारहरुले स्वास्थ्य प्रतिष्ठान स्थापना हुनु पर्ने तर्क गरिरहेका छन ।

Leave A Reply

Your email address will not be published.