घुस लिएर तस्कर छोडेका सशस्त्र प्रहरीका सई मुख्यालय तानिए

कञ्चनपुरमा तस्करबाट घुस लिएको आरोप लागेका सशस्त्र प्रहरीका सई वीरेन्द्र चन्द मुख्यालय तानिएका छन्। पुनर्वास नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बीओपी आपतालका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दलाई शनिबार एक भारतीय तस्करबाट घुस लिएको आरोप लागेको हो।

उनलाई शनिबार साँझ भारतीय बजार बसहीबाट मोटरसाइकलमा हार्डवेयरका सामान ल्याएका मुन्ना गुप्ता नाम गरेका भारतीय तस्करबाट ५० हजार रकम घुस लिई छोडिदिएको आरोप लागेको थियो।

आरोपपछि सई चन्दलाई डीआईजी कार्यालय बाहिनी मुख्यालय कैलाली तानिएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.